६ असार,

बाँके अपडेट : बाँके स्थित कोहलपुर पार्टि प्लेसमा बालविवाह न्यूनिकरणका लागि कानुनी व्यवस्था तथा सचेतनामुलक ३ दिने तालिम मिति २०७८÷०३÷०६ देखि ८ गते सम्म संचालन हुने गरि आज उदघाटन गरिएको छ ।

कोहलपुर नगरपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर बाँके द्धारा राखिएको यस कार्यक्रम मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लुम्बिनी प्रदेश नेपालको सहयोगमा राखिएको हो ।

बालविवाह न्यूनिकरणका लागि कानुनी व्यवस्था तथा सचेतनामुलक ३ दिने तालिम राख्नुको मुख्य उद्देश्य :  नेपालमा भिविन्न ठाउँमा भईरहेका घटनाहरुलाई समेटेर यस कार्यक्रम उल्लेख गरिएको छ ।

नेपालमा हिमाल, पहाड, तराईमा मात्रै नभएर विभिन्न ठाउँहरुबाट सानै उमेरमा घरबार जोडेर धेरै मानिसहरु केहि जानकारी नभएर, साथिभाई, छरछिमेकीको लयमा लागेर बिवाह गर्न पुग्दछन् । त्यसपछि आउने दिनहरुमा पछुताउनु पर्ने बाहेक केहि विकल्प हुदैन । सानै उमेरमा सम्बन्धमा बाँधिएका ति सबै अन्त्यमा आफ्नो मृत्यु समेत दिन तयार हुन्छन् ।

त्यसैले भावि आउने दिनहरुमा यस्ता विभिन्न घटनाहरु नहोस् र नदोहोरियोस् भन्नको निम्ति यो बालविवाह न्यूनिकरणका लागि कानुनी व्यवस्था तथा सचेतनामुलक कार्यक्रम नेपालभरी संचालन गरिएको आयोजकले बताएको छ ।

यथपिः हामिहरुले किताबबाट पनि पढ्दै र सिक्दै आएका छौ । तर लागु भने शुन्य प्रतिशत रहेको छ ।

बालविवाहबाट कसरी बच्ने ? यस्को न्यूनिकरण के हो, कसरी गर्ने ? निम्न कुराहरुमा ध्यान दिनुहोस् ।
– बिवाह गर्ने उमेर नहुदा सम्म अथवा २० वर्ष देखि कम उमेरमा बिवाह गर्ने र गराएकोमा कानुनी प्रत्रियाबाट बालविवाहको कार्यन्वयन सबैले पालाना गरौँ
– सानै उमेरबाट समाज, गाउँ घरमा सभ्य भाषा, साँस्किृतक कलामा बालवालिका माथि विषेश ध्यान दिनुपर्ने
– गलत साथिभाई र संकास्पद भएका मानिसहरुबाट टाढा राख्ने, संगत गर्न नदिने
– छरछिमेकी र नराम्रा गतिविधि गर्ने मानिसहरुबाट विषेश ध्यानआर्कषन गर्ने ईत्यदि कुराहरुमा विषेश ध्यान हामि सबै नेपालिको तर्फबाट भएमा यसको समाधान अवश्य रहने छ ।

यस कार्यक्रमका प्रथम आयोजक : ईश्वरी ज्ञवाली, झरना शाह, रिमा थापा , आयोजक : कोहलपुर नगरपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर बाँके, सहयोगी निकाय : मुख्यमन्त्री ग्रामिण विकास, कार्यक्रम लुम्बिनी प्रदेश नेपाल, सहजकर्ता : जमुना चालिसे र नारायणी ओलि को अतिथ्यमा सम्पन्न कार्यक्रम संचालन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख