
६ असार,
बाँके अपडेट : कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा जिल्ला अहिलकोे अवस्था सामान्य भएको छ । बाँके जिल्लामा अहिले ७४ जना बिरामी मात्र उपचाररत रहेका छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जना मात्रै रहेको बाँकेका फोकल पर्सन तेज वलीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।
वलिका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोराना बिरामीका लागि छुट्याइएका शैय्या खाली हुँदै गएका छन् । बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शय्यामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शय्या खाली भएका छन् । बाँकेका साना–ठूला ४ अस्पतालले कोभिड कक्षका लागि छुट्याएका ३६१ शय्यामध्ये २७१ शय्या खाली भएका छन् । नेपालगञ्ज भेरी अस्पतालको २०० शय्यामा १२५ शय्या खाली भएका छन् ।
भेरी अस्पतालमा उपचाररत ६० बिरामीमध्ये १८ जना सिकिस्त छन्, भने त्यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा कोभिड वार्डका १३० शय्या छुट्याइएकामा ११६ खाली रहेका छन् । उक्त अस्पतालमा उपचाररत १४ बिरामीमध्ये ८ सिकिस्त रहेको वलीले बताए ।
त्यसैगरी, वेष्टर्न अस्पतालमा १६ शय्यामा १५ शय्या खाली भएको छ । युनाइटेड अस्पतालमा १५ शय्या छुट्याइएकामा सबै खाली भएको छन ।
बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका ३४७ र जिल्लाकै ३१० गरी जम्मा ६५७ जनाको मृत्यु भएको वलिले जानकारी दिएका छन् ।