६ असार,

धनगढी : धनगढीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार, उपमहानगरपलिका ३ बोराडाँडीमा शनिबार साँझ टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कञचनपुरको शुक्लाफाँटा १० झलारीस्थित एला आयुर्वेदिकका सञ्चालक रामबहादुर साउँदको मृत्यु भएको हो ।

अत्तरियाबाट धनगढी आइरहेको म १ ब ९६६८ नम्बरको टिप्परले से १ क ६८२ नम्बरको मोटरसाइकलमा सवार साउँदलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । घाइते भएका उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख