
४ असार,
बाँके अपडेट : पछिल्लो समयमा बाघले मानिसहरूलाई आक्रमण गरेका घटनाहरू बढिरहेका छन् । यस्तो घटना धेरैजसो बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा हुने पाईन्छ । बाघको आक्रमणबाट कतिपयको मान्छेहरुको ज्यानसमेत गएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार बाघले निम्न अवस्थामा आक्रमण गर्छ ।
–आराम गरिरहेको अवस्थामा मानिस नजिक पुगेमा
–पोथीले बच्चा लुकाएको बेला मान्छे नजिक पुगेमा
–शिकार खेल्न लागको बेलामा अचानक मान्छे पुगेमा
–मान्छेहरूले निहुरिएर काम गरिरहेको अवस्थामा
–भाले लागेको र झगडा गरिरहेको अवस्थामा
–बुढा भएर सिकार गर्न नसकेको बेला
–माउबाट छुट्टिएका बेला बाघले आक्रमण गर्छ
बाघबाट कसरी जोगिने ?
–रातिको समयमा बाघ भएको क्षेत्रमा नहिँड्ने
–बुढाबुढी र केटाकेटीहरूलाई वनक्षेत्रमा हिँड्न नदिने
–वनजंगल जाँदा एक्लै नजाने,समूहमा जाने
–बाघले छाडेको संकेतहरु देखेमा चनाखो हुने
–बाँदरहरूको आवाज सुन्ने
–वनजंगल वरपर उज्यालो बत्ती राख्ने
–बाघ देखिएमा नजिकैको प्रशासनलाई खबर गर्ने