४ असार,

अर्घाखाँची : माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जिल्लाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक डिएसपी धर्मराज भण्डारीलाई पुरस्कृत गरेको गरेको छ ।

एसपी अधिकारीको कमाण्डमा भएको अनुसन्धानबाट मृतक पाण्डेकै श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको खुलेको थियो । प्रहरीले हत्या आरोपमा ११ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘माइक ह्विस्की’ नाम दिएर अनुसन्धान सुरू गरेको थियो ।

गत जेठ ५ गते नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता पाण्डेलाई गोली प्रहार भएको थियो । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दीपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान घाइते भएका थिए । उपचारकै क्रममा पाण्डेको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख