४ असार,

कैलाली : कञ्चनपुरमा झण्डै २६ लाख बराबरको केराउ बरामद गरिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा तहतको टोलीले २५ लाख ९० हजार मूल्यको केराउ ट्रयाक्टरसहित बरामद गरेको कञ्चनपुरका प्रहरी प्रवक्ता नायब उपरीक्षक अमर थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार जिल्लाको बेलौरी नगरपालिका –२ स्थित भारतीय सीमा नजिकबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको सु.प.प्र.०१–००२ त ४७०९ र से १ त ५४६५ नम्बरको ट्रयाक्टरमा ल्याइएका ६६० कट्टा केरा, ट्रयाक्टर र ट्रालिसहित बेवारिसे अवस्थामा फेला परेका थिए ।

बरामद केराउ ट्रयाक्टर र ट्रालिसहित आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख