असार-३,बाँके ।
✍️बिजय काफ्ले

बाँके जिल्लाको पर्यटकीय स्थल खडकवार हात्तीसार जाने बाटो नै बर्षौ देखि जलमग्न (डुवान) हुँदै आएको छ ।

बाँके जिल्ला कोहलपुर नगरपालिकाको वडा नम्बर १२ चपरगौडी (खड्कवार रोड)मा ढलको उचित ब्यवस्थापन नहुनु ,दुई तर्फी पानी निकासको लागि नाली नहुदा स्थानीयले सास्ती खेप्नु परेको छ । प्रत्येक बर्षको बर्षाको समय उक्त बाँके जिल्ला कै नमुना पर्यटकिय क्षेत्रको रुपमा बिकसित र परिचित हात्तीसार जाने प्रवेशद्वारमा नै जलमग्न हुने गरेको छ । तर आगनमा नै पानी जम्ने र घरहरु डुवानमा परि प्रत्येक बर्ष क्षेती भइरहदा स्थानिय निकाय कानमा तेल हालेर बसेको छ ।

सोहि क्षेत्रमा एकै ठाउमा वडा नम्बर १२ र वडा नम्बर १३ को वडा कार्यालय छ । तर वडा जनप्रतिनिधिले यस बिषयमा कुनै निकासको लागि योजना नबनाएको र चासो समेत देखाएको पाइदैन । उसो त प्रत्येक बर्षकै बर्षामा पानीको उचित ब्यवस्थापन गर्न नसक्दा वडा नम्बर १२ कै कार्यालयमा नै पानी पानी छिर्ने र डुवान पर्ने गरेको छ ।

यसरी वडा कार्यालय देखि जनताको घर भित्रै पानी छिरिरहदा समेत समन्धित निकायहरु बर्षौ देखि रमिते मात्र भएका छन । यो वडाले धेरै केन्द्र देखि क्षेत्र सम्मको नेताहरु उत्पादन गरेता पनि यहाको बिकास भने कछुवाको गतिमा छ ।

यसरी पर्यटकीय स्थलको प्रवेशद्वार नै हिलाम्मे र जलमग्न हुदा बाँकेमा उदाउदो पर्यटन ब्यवसायमा बाधा पुग्नुको साथै स्थानीय लाई समेत कार्यसम्पादनमा अप्ठ्यारो स्थिति सिर्जना गर्नेगरेको स्थानीयहरु बताउछन । तसर्थ निकट भबिस्यमा हुने खतराको अग्रिम पहिचान गरि समाधान गर्न तर्फ निकायहरु अहिले बाट नै चनाखो हुनु पर्ने देखिन्छ । अन्यथा यस बिषयमा समयमा नै ध्यान नदिए डुवानको पानीले ठूलो रुप नलिएला भन्न सकिँदैन ।

निवर्तमान प्रदेश कृषि मन्त्री आरती पौडेल,प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार आदि नेताहरु यहि वडा नम्बर १२ का बासिन्दा हुन । तर कुनै योजना तथा अन्य बिकासको कामले फड्कोमार्न नसक्दा स्थानीय जनता नेताहरु बाट आजित भएको बताउछन ।

प्रतिक्रिया

सम्बन्धित ख