
३ असार,
काठमाडौ : सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले दुई करोड सहयोग गर्ने भएको छ । बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सहयोगको घोषणा गरेका हुन् ।
मंगलबार आएको बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरणका लागि सहयोग गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
कागेश्वरी को २० लाख सहयोग
त्यस्तै, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको २ पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० लाखको दरले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी राहत सहयोग गर्ने निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए । मंगलबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीको लोर्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आएको थियो ।