
३ असार,
काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये ५ जना जिवितै भेटिएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिएका हुन ।
अधिकारीका अनुसार, गएराति अबेर भेटिएका ५ जनाको ललितपुरस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेका छन् । उनीहरुमध्ये २ जनाको स्वाथ्य अवस्था गम्भीर रहेको र प्रभावित क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १७ जनाको स्वाथ्य अवस्था खराब भएका कारण उनिहरुलाई धुलिखेल अस्पतालमा जाँच गराएर र बाँकी लाई उद्धार लगत्तै सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको बताएका छन् ।
उनका अनुसार बेपत्ता भएका १५ जनाको खोजी कार्य जारी छ । अहिलेसम्म २ जनाको शव भेटिएको छ । उनीहरु दुवैजना चिनियाँ नागरिक रहेका अधिकारीले जानकारी दिए ।
नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी र २ वटा हेलिकोप्टरको सहयोगमा अहिले पनि उद्धार कार्य चलिरहेको छ । मेलम्ची र इन्द्रावतीमा पानीको सतह केही घटेको छ । घटनाबाट भएको क्षतिको विवरण, उद्धारमा आएको कठिनाई र राहतबारे छलफल गरी आवश्यक निर्णय लिन प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा अहिले जिल्लाका सुरक्षा संयन्त्रका प्रतिनिधिको बैठक बसिरहेको छ ।