२ असार,

सेयर बजारमा ५२.४१ अंकको गिरावट आएको छ । १.७३ प्रतिशतले घटेको नेप्से २९६९.६९ विन्दुमा अडिएको छ । बिहीबार २ सय १९ कम्पनीको १५ अर्ब ४८ करोड बढीको सेयर कारोबार भएको थियो । यस दिन लघुवित्त समूहबाहेक सबै समूहमा गिरावट आएको छ । लघुवित्त समूहमा १३९.७४ अंकको बृद्धि छ । आज नेपाल पुनर्बिमा कम्पनीको ६० करोड ८९ लाख रुपैयाँसहित सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

यसदिन सिइडिबी हाइड्रोपावरले सबैभन्दा बढी कमाएको छ भने गुराँस फाइनान्सले सबैभन्दा बढी गुमाएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक उच्च जोखिममा रहेको ५१ कम्पनीको सूची सार्वजनिक गरेपछि बजार घटेको छ । तर नेपाल धितोपत्र बोर्डले भने लगानीकर्तालाई सुसूचित मात्र गराएको डुबाउन नखोजेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख