२ असार,

चितवन : नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको थियो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड उच्च विन्दुमा पुगेको नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले जानकारी दिएका छन् ।

रायका अनुसार, कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताएका छन् । उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको बताउछन् ।

सोही १० दशमलव १ मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको उनले जानकारी दिएका छन् । रायले भने, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।”

यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले जानकारी दिएका छन् । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको समेत उनले बताउछन् ।

सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव ९ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह ७ दशमलव ३ मिटर र ८ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।।

प्रतिक्रिया

सम्बन्धित ख