२ असार,

गोरखा, लमजुङ अपडेट : लगातार ३ दिनदेखि परेको वर्षाका कारण गोरखाको चुमनुब्री गाउँपालिका–३, सल्लेरीमा ४ वटा घर र लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिले बजारका १४ वटा घर गरी १७ वटा घर बगाएको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलल र जिल्ला प्रशासन कार्यलय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले टेलिफोन् मार्फत बाँके अपडेटलाई जानकारी दिएका छन् ।

गोरखामा गएराति बूढीगण्डकी नदीमा आएको बाढीले घर बगाएपछि त्यहाँका स्थानीयहरूले भीरपाखामा बसेर रात कटाईरहेका छन् ।

प्राप्त जानकारी अनुसार बूढीगण्डकी नदी बस्तीमा पस्दा स्थानीयवासी सुन्दर गुरुङ, सूर्यबहादुर गुरुङ, राम गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको हो । सल्लेरीमा २७ घरधुरी छ ।

गएराति बूढीगण्डकी नदीमा आएको बाढीले सल्लेरीमा ३ घर बगाएको र आधा दर्जनभन्दा बढी घर उच्च जोखिममा रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।

उनले बाँके अपडेटसँग टेलिफोनमा भने, ‘३ घर बगाइसकेको छ, सात÷आठ घर उच्च जोखिममा छ भन्ने सूचना प्राप्त भएको छ । त्यहाँ प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।’

भौगोलिक विकटताका कारण थप उद्धारका लागि राहत समाग्री सहित टोली पठाउन नसकिएको प्रजिअ पौडेलले बताए । ‘त्यहाँ पाल र खाद्यान्नलगायत सामान लिएर टोली पठाउन सकिएको छैन, सवारीसाधन जानसक्ने अवस्था छैन । ठाउँठाउँमा पहिरो चलिरहेकाले हिँडेर जान पनि सम्भावना छैन’, उनले भने।

त्यहाँ प्रहरी टोलीले स्थानीयहरूलाई सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेको उनले बताएका छन् ।
त्यसैगरी, लमजुङमा आएको बाढीले १४ वटा घर बगाएको र स्थानियबासीलाई सुरक्षित स्थानमा सारिएकाले मानविय क्षति भने नभएको वडाअध्यक्ष ओम बहादुर गुरुङले जानकारी दिएका छन् । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पु¥याएकाले आवतजावत प्रभावित बनेको गुरुङले बताए ।

यस्तै निर्माणाधिन दोर्दी सुपर जलविद्युत् आयोजनामा बाढीले क्षती पु¥याएको छ । बन्सार हिलेवेशीमा निर्माण कार्य सम्पन्न हुन लागेको ५४ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा क्षति पु¥याएको जिल्ला प्रशासन कार्यलय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले जानकारी दिएका हुन ।

प्रतिक्रिया

सम्बन्धित ख