असार-१,बाँके ।
✍️बिजय काफ्ले

अभियान्ता ज्ञानेन्द्र शाही सामाजिक अभियान्ता भन्दा पनि राजाबादी प्रचारक रहेको बुझिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका का मेयर डाक्टर धवल शम्सेर राणाले आफ्नो आधिकारिक सामाजिक संजाल फेसबुकमा ज्ञानेन्द्र शाही र उनका अभियान्ताका सहितको फोटो पोष्ट गर्दै उनले लेखेका छन कि “मिसन राजाबादी,हिन्दुबादी र राष्ट्रबादी”

अर्थात ज्ञानेन्द्र शाही र राजाबादीहरु बिच व्यापक हिमचिम रहेको र राजाबादी बाट नै ज्ञानेन्द्र शाही परिचालित हुँदै विभिन्न राजनीतिक दललाइ तथानाम गाली गर्दै हिड्ने गरेको स्रोतको दाबी छ ।

केही समय अघि नेपालगन्जमा आयोजित राजाबादीको बृहत् शक्ति प्रदर्शन आन्दोलनमा समेत आफ्नो समर्थन रहेको भन्दै केही  राजाबादी लाई फोन समेत गरेको बाँके अपडेट स्रोतले जनाएको छ । उनले उक्त राजाबादी सङको फोनमा भनेका थिए कि “जे गर्दै हुनु हुन्छ ठिक गर्दै हुनु हुन्छ । अहिले म को हो भनेर खुल्न मिलेको छैन, समय आयपछि बहिर आउने छु” ।

घटनाक्रम, उनको अभिव्यक्ति र आजको नेपागन्जका मेयरले गरेको पोष्ट बाट नै बुझ्न सकिन्छ कि उनी राजाबादी भएको र उनी ढिलो चाडो राजाबादीको खेमा तिर जानेछन ।

केही समय अघि निषेधाज्ञा कै बेलामा कथित अभियान्ता ज्ञानेन्द्र शाही र पुर्ब राजा ज्ञानेन्द्र शाह बिच भेट र गोप्य छलफल भएको विशेष स्रोतले बाँके अपडेट लाई जानकारी दिएको छ  । तर यो भेटबार्ता गोप्य रहेकाले बाहिर हल्ला नगर्न आफ्ना अभियान्ता लाई समेत उनले आदेश दिएका थिए । अभियान्ता शाही कट्टर राजाबादी रहेको समेत स्रोतको दाबी छ । देशमा राजनीति दल प्रती बितृष्णा सृजना गरि राजा र हिन्दु राष्ट्र पुन:स्थापना गर्न उनलाइ राजाबादीको वैदेशिक शक्तीबाट परिचालन गरिएको स्रोतले जनाएको छ ।

अभियानको नाममा बैदेशिक रोजगारमा गएका ब्यक्तीबाट विभिन्न सहयोगको बाहानामा करोडौं रकम लिदै  र विभिन्न ठाउमा सहयोग गर्दै आएता पनि उनले कहाँ बाट के कती रकम प्राप्त भएको छ ? के कति कहाँ कहा खर्च भएको छ आधिकारिक बिवरण भने सार्बजनिक गरेको देखिदैन । अन्य ब्यक्ती र कार्यालयको हिसाब खोज्ने कथित अभियान्ता शाहीले  केही अन्दाजी आम्दानी र अन्दाजी खर्च प्रस्तुत गरेता पनि आधिकारिक एक-एक हिसाब बिवरण आज सम्म सार्बजनिक गरेको नदेखिएकाले उनी माथी नै प्रश्न उठ्ने गरेको छ ।

अभियान्ता ज्ञान बहादुर शाही अर्थात ज्ञानेन्द्र शाही   ‘हाम्रो नेपाल हामी नेपाली’ नामक अभियान संचालन गर्दै जनता मा झुट्टा सामाजिक अभियान्ताको नामले परिचीत हुने र अफ्नो पक्षमा जनमास बड्न लगेपछि निकट भबिस्यमा राजाबादीको समर्थ बढाउन लागिपर्ने एक राजाबादि उच्च स्रोतले बताएको छ ।

मेयर धवल शम्सेर राणाको फेसबुक बाट :-

प्रतिक्रिया

सम्बन्धित ख