
१ असार,
बाँके अपडेट : जीवन विकास लघुवित्तले आइपिओ निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डबाट जीवन विकासले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति पाएको हो ।
यस लघुवित्तले प्रति शेर १ सय रुपैयाँ दरको १९ लाख ७७ हजार ३ सय कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको छ ।
यस आईपिओलाई ईक्रा नेपालले आइआर ‘बीबीबी’ माईनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गरिएको छ ।
यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्ने छ । र जीवन विकासले अब आइपिओ निष्काशनको प्रक्रिया अगाडी बढाउदै छ ।