जेष्ठ-३१,बाँके

अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय गुप्त बहादुर बिक,बर्ष १५ को बिष्णु गोडिय र बर्ष २३ को कमल पुन रहेको प्रहरी स्रोतले जनाएको छ ।

लागू औषध ब्यूरोको विशेष समुहले भे १ ह २७१५ नम्बरको अटोमा लुकाइ राखिएको अबस्थामा गाजा बरामद गरिएको हो । थप अनुसन्धानको लागि पक्राउ परेका ब्यक्तिहरुलाइ जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख