जेष्ठ-३१,बर्दिया ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय राजापुर, बर्दियाले हाल बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को बिषम परिस्थितिलाई मध्यनजर गर्दै बिपदको समयमा जोखिम न्युनीकरणका लागि सहयोगमा खटिरहेको इलाका प्रहरी कार्यालय राजापुर, बर्दियाका प्रमुख डिएसपि मिन बहादुर घाले लाई स्वास्थ्य सामाग्रीहरु माक्स, सेनिटाइजर, फेससिल, सावुन जास्ता स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उक्त सस्थाका शखा प्रमुख राकेश थारुले बाँके अपडेट लाई बताए ।

हाल फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय राजापुर, बर्दियाले आफ्नो ग्राहकहरु लाई यस्तो बिषम परिस्थितिलाई मध्यनजर गरी बिपतको समयमा स्वास्थ्य सुरक्षाहरु आपनाइ १५०० भन्दा बढी ग्राहकहरु लाई बचत कर्जा ,बिमा आदिको सुविधा दिदै अएको जनाइएको छ ।

उक्त कार्याक्रममा हाल कोभिड १९ को माहामारीमा स्वास्थ्य सामाग्री दिएकोमा इलाका प्रहरी कार्यालय राजापुर , बर्दियाका प्रमुख डिएसपि मिन बहादुर घाले ले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय राजापुर धन्यावाद ज्ञापन गरेको छ ।

उक्त स्वास्थ्य सामाग्री वितरण कार्याक्रम मा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लि. शाखा कार्यालय राजापुर बाट कार्यालय प्रमुख राकेश थारु कर्मचारी जुनु चौधरी , सिता चौधरी र क्रान्ति चौधरी तथा इलाका प्रहरी कार्यालय राजापुर बाट डिएसपि मिन बहादुर घाले, प्र.नि. सन्तोष घिमिरे , प्रकाश थापा आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख