
जेष्ठ-२४,काठमाडौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा नेपाल अब फुटको संघारमा पुगेको संकेत गरेका छन ।
थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै भनेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो।’
उनले यो सत्यलाई जान्दा जान्दै पनि एकता गरेको तर गतिहीन भएको जनाएका छन्। थापाले लेखेका छन्। ‘यो सत्य नबुझेको होईन, तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन।’
उनले राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीलाई अल्छी घोडाको संज्ञा दिएका छन्। थापा लेख्छन्, ‘दुई अल्छी घोडाको बिचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न बेर छैन ।
कमल थापालाई प्रधानमन्त्री ओलिले सरकारमा गृहमन्त्रीको अफर गरेकोले पार्टीमा छलफल गर्दा अध्यक्ष द्वय डा. प्रकाश चन्द्र लोहनी र पशुपतिशमशेर सम्शेरले अहिले जनताको भावना बिपरित सरकारमा जादा पार्टी लाइ ठूलो असर पर्ने भन्दै सरकारमा जान असमर्थ गरेका कारण कमल थापा आक्रोशित भएको राप्रपाका एक नेताले बाँके अपडेट लाई बताएका छ्न । थापा सरकार भने पछि मरिहत्ते गर्ने नेता मध्य एक रहेको राप्रपाका नेता ले नै जनाएका छ्न ।