
जेष्ठ-२४,काठमाडौ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने स्पष्ट पारेका छन्।
संसद विघटनपछि अस्थिर राजनीतिबीच सेना अगाडि आउनसक्ने अड्कलबाजी भइरहेका बेला प्रधानसेनापति थापाको यस्तो भनाइ आएको हो। कार्यकालको एक हजार दिन पुगको अवसरमा जंगी अड्डामा आइतबार पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट सेना कहिल्यै नभाग्ने बताए ।
थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने विश्वास पनि व्यक्त गरे।उनले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता द्वन्द्व नभएको भन्दै कुनै पक्ष त्यसतर्फ लागे राष्ट्रले पराजित गर्ने बताए ।
ठेक्कापट्टामा कुनै अनियमितता नभएको दाबी गर्दै प्रधानसेनापति थापाले आफ्नो तीन वर्षे कार्यकाल सुमधुर ढंगले बितेको बताए। थापा आगामी भदौ २६ गते अवकाश पाउँदै छन ।