
जेष्ठ-२१-ओखलढुङ्गा
अस्पतालले घर पठाएका एक कोरोना संक्रमितको बाटैमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ६ दिनदेखि सामुदायिक अस्पताल सोब्रुमा उपचाररत सिद्धिचरण नगरपालिका-३ का ७२ वर्षीय एक महिलाको अस्पतालबाट घर जाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
स्वास्थ्य समस्या देखिएपछि यही जेठ ११ गते ओखलढुंगा सामुदायिक अस्पतालमा भर्ना भएकी ती महिलामा जेठ १४ गते एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमित महिलाका परिवारले घरैमा लगेर आइसोलेशनमा राख्ने बताएपछि अस्पतालले डिस्चार्ज गराएको थियो । अस्पतालबाट घर नपुग्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाले जनाएको छ ।