
जेष्ठ-१७,बर्दिया ।
बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।
बर्दियाको मधुवन नगरपालिका–५ बस्ने ६६ वर्षीया नन्द कला थापा क्षेत्रीलाई बेल्झुण्डि सामुदायिक वनमा साझाको करिब ५ बजे तिर न्यूरो टिप्ने क्रममा पाटेबाघले आक्रमण गरेर जंगल भित्र लगेको थियो ।
थापाको खोजी गर्दा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।