
बाके -” लैङ्गगिक हिंसा अन्त्यको प्रतिबद्धता:ब्यक्ति ,समाज र सबैको एक्यवद्धता “ भन्ने राष्ट्रिय मुलनाराका साथ लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान २०७७ मङ्सिर १० गतेदेखि२५ गतेसम्म हुने कार्यक्रमको जनचेतनामूलक प्रचारप्रसार तथा कोहलपुरमा समेत दीप प्रज्वलन गरि आजबाट अभियानको सुरुवात गरिएको छ।
अभियानलाई सफल बनाउनको लागि कोहलपुर नगरपालिकाको आयोजना तथा विभिन्न गैरसरकारी सङ संस्थाको सहकार्यमा बिभिन्न कार्यक्रमहरु गरी मनाउने कार्ययोजना रहेको छ।
कार्यक्रम भब्य रूपमा मनाउनको लागिसबैमा अनुरोध गरियको कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु कुमारी थारुले बताउनु भयो ।
“जब सम्म हामी स्वयं जिम्मेवार हुदैनौ तबसम्म हिंसा न्यूनीकरण हुन असम्भव छ” भन्ने उहाको भनाइ छ ।
कार्यक्रमहरु निम्न अनुसार रहने जानकारि समेत गराउनु भयको छ ।
१. नगरपालिका ,सबै वडा कार्यलाय,तथा बिभिन्न चोकमा ब्यानर टाँस गर्ने
२. कोहलपुर चोकमा दीप प्रज्वलन गर्ने
३. वक्तृत्त्वकला प्रतियोगिता गर्ने,
४. सबै वडामा माइकिङ ,तथा रेडियोमामा जिङल प्रसारण गर्ने
५. रक्तदान गर्ने
६. कहिंसा पीडित महिला पुरुषसङ अन्तकृया कार्यक्रम गर्ने
७.किशोरकिशोरीहरु सङ अन्तर्कृया गर्ने