
जेष्ठ-१५,काठमाडौ ।
सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री
विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क
खोप उपलब्ध गराउने जानकारी गराएका हुन ।
त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ।
नयाँ बजेट कोभिड नियन्त्रण रोकथाम तथा उपचारमा केन्द्रित रहने जनाएका छन ।