जेष्ठ-१५,बाँके ।

भेरी अस्पताल नेपालगन्जमा ठूलो संख्यामा प्रहरि परिचालन गरिएको छ ।

नेपालगन्ज स्थिति भेरी अस्पतालमा दाङका एक मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथी हातपात गरेपछी पूरा देश नै तरंगित बनेको थियो । हातपात गर्ने मृतकका दाइ रहेको र उनलाइ तत्काल कार्बाही गर्न राष्ट्रपति,प्रधानमन्त्री र बिपक्षी दलका नेताहरुले समेत जोडदार माग गरेका थिय ।

नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक तोजेन्द्र बि.सि को कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक सहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाईएको छ ।

स्वास्थ्यकर्मी लाई सुरक्षाको अनुभूति गराउन र आगामी दिनमा त्यस्ता अप्रीय घटना नघटोस भन्नका निमित्त ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरि कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख