
१३ जेठ, सुनसरी
धरानमा वडा नम्बर -१५ स्थित प्रहरी चौकिमा नै दुई समूहबीच खुकुरी हानाहान रोक्न खोज्दा अस्थाइ प्रहरी चौकीका इन्चार्ज असई घाइते भएका छन् ।
एउटा समूह उजुरी लेख्न आएको थियो, पछिपछि आएको ७/८ जनाएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्यो । त्यसलाई रोक्न खोज्दा उनी माथि नै खुकुरी प्रहार भइ चौकी इन्चार्ज असइ सुमन दाहाल घाइते भएका हुन ।”
घाइते इन्चार्जलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले बाँके अपडेट लाई जानकारी दिएका छन ।
घटनामा संलग्न सात जना रहेको भन्दै एसपि थापाले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’