जेष्ठ-११, बाँके ।
बाँके जिल्ला भर पछिल्लो समय कोरोना संक्रमण र संक्रमण बाट मृतकको संख्या घट्दो क्रममा देखिएको छ ।
पछिल्लो २४ घण्टा यता बाँके जिल्ला भरमा २४७ जना कोरोना संक्रमित थपिएका छन । त्यसैगरि आज निको भइ घर फर्किनेको संख्या २९२ रहेको छ भने मृतकको संख्या ५ रहेको छ ।
अघिल्लो २ दिनमा बाँकेमा कोरोना माट मृत्यु हुनेको संख्या शुन्यमा झरेर कोरोना चेन ब्रेक हुन सफल भएको थियो ।बाँके जिल्लामा सबैभन्दा बाढि सकृय संक्रमितको संख्या नेपालगन्ज उपमहानगरपालिकाको हाल ६२४ रहेको छ भने जिल्लकै उच्च सकृय संक्रमीत रहेको पालिकाको रुपमा रहेको छ ।
त्यसैगरि कोहलपुर नगरपालिका दोस्रो सकृय संक्रमित, जोखिम रहेको र संख्या बडि रहेको पालिकाको रुपमा रहेको देखिन्छ । जहाँ हाल ३३० जना सकृय संक्रमीत रहेको छ ।
कोरोना कै कारण बाँके जिल्ला भित्रका बासिन्दा मात्र हाल सम्म २७९ जनाको मृत्यु भैकेको छ भने १५१३८ जना हाल सम्म निको भएर डिस्चार्ज भएका छन । हेर्नुहोस Dcmc ले उपलब्ध गराएको बाँके जिल्लाको पुर्ण कोरोना बिवरण :-