
जेष्ठ-९,बाँके ।
बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गतेसम्म लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायम नै रहेकाले निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय एक बिज्ञप्ति मार्फत जनाएको छ ।
आइतवार बसेको डिसिएमसीको बैठकले निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको छ। कोरोना भाइरस संक्रमण ब्यापक रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको १३ गतेदेखि बाँकेमा एकहप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि हप्ता-हप्ता दिन थप गर्दै जेष्ठ १० गतेसम्म पुर्याइएको हो । र आज बसेको डिसिसिएमसिले बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १७ गते राती १२ बजे सम्मको लागि फेरि थप गरेको छ ।
संक्रमणको जोखिम न्युनिकरणका लागि प्रशासनले गरेको निषेधाज्ञामा पनि खसै प्रभाव नरहेको भन्दै जनस्तर बाट प्रशासनको ब्यापक आलोचना भैरहेको छ ।