
जेष्ठ-८,काठमाडौ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संविधान भित्रको राजसंस्था अवश्यक भइसकेको वताउनु भयको छ। उहाले राष्ट्रपती र प्रधानमन्त्री ले यो संविधान लाइ खेलौना वनायको आरोप लगाउदै एक झुट छोप्न प्रधानमन्त्री र राष्ट्रपतीले अनेको झुटको श्रृङखला रचेको वताउनु भयको छ।
उहाले सामाजिक संजाल मार्फत भन्नुभयको छ कि निर्वाचन दलहरुको लागि सामान्य विषय हो तर यो पनि संविधान संम्मत हुनु पर्ने छ। उहाको सामाजिक संजाल फेसबुकमा लेखिएको पोष्ट यस प्रकार छ ।
१)नेपालको संविधान प्रधानमन्त्री र राष्ट्रपती को लागि खेलौना भयको छ अर्थात आफ्नो इच्छा अनुसार भत्काउने र इच्छा अनुसर जोडने।
२)राष्ट्रपती ले संविधानको धारा ७४को उपधारा ४ लाइ नजरअन्दाज गरेर ओलि सरकारले पेश गरेको प्रस्ताव लाइ स्विकार गरेर संविधानमा स्पष्ट लेखियको सरकार निर्माण प्रक्रिया लाइ भत्काइयो । यो स्पष्ट रुपमा असंवैधानिक कदम हो।
३)प्रजातन्त्रमा दलहरुको लागि निर्वाचन समान्य विषय हो।तर एउटा असंवैधानिक कदमको अाडमा गरियको संसद विघटन अर्को असंवैधानिक कदम हो।
४)कोविडको मारमा परेका जनता घर वाट निस्कन नसक्ने अवस्थाको सत्ता स्वार्थको पक्षमा उपयोग गरेको स्पष्ट छ।अव एउटा झुट छोप्न अरु अनेकौ झुट र अन्याय को श्रृङखला सुरु भयको छ।यो संविधानको प्रजातान्त्रिक अस्तित्व समाप्त पार्ने प्रयास निन्दनीय छ।
५)हालसम्मको देशमा संविधान लाइ पार्टी र व्यक्तिको खेलौना वनाउने अधिनायकवाद उन्मुख नेपालको राजनैतिक यात्रामा राष्ट्रप्रमुखको रुपमा संविधान भित्रको राजसंस्था नेपालमा प्रजातन्त्र र देश वचाउन कति आवश्यक छ भन्ने अव झन स्पष्ट भयको छ।यदि संविधान भित्रको राजसंस्था अाज देशमा भयको भय यो राजनैतिक दुरदशाको अवस्था हामि पुग्ने थियनौ।यो यथार्थता लाइ अव दलहरुले वुझ्ने कि नवुझ्ने ?
संविधान भित्रको राजसंस्थाको वारेमा अहिलेसम्म दलहरुविच रहेको पुर्वाग्रह वारे पुनर्विचार गर्नु अव अावश्यक भइसकेको छ।