जेष्ठ-८,काठमाडौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी छिन ।

शुक्रबार मध्यरात बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेको एक घन्टाभित्रै राष्ट्रपति कार्यालयले राति १ बजेर ५० मिनेटमा संसद भंग र नयाँ निर्वाचन मितिको घोषणा सहित विज्ञप्ति जारी गरेको हो।

शुक्रबार मध्यरात बसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुन नसकेपछि धारा ७६ को उपधारा ७ अनुसार निर्णय गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सो निर्णय लाई मध्यनजर गर्दै तुरुन्तै राष्ट्रपति बिध्यादेबी भण्डारीले मन्त्रिपरिषदको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन का लागि आगामी कात्तिक २६ र मंसिर ३ को मिति तोकेकी हुन ।

 

प्रतिक्रिया

सम्बन्धित ख