
जेष्ठ-८,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली आफूले बनाएको संविधान मन नपराउने शक्तिको डिजाइनमा संविधान च्यातिएको आरोप सङै ‘अति भए खती हुने बाताएका छन ।
प्रधानमन्त्रीले मध्यरातमा आकस्मिक मन्त्रीपरिषद बैठक बोलाएर प्रतिनिधिसभा भंग गरेको विषयलाई लिएर नेता पुनले आफ्नो समाजिक संजाल फेसबुक मार्फत भने, “नेपालीले आफ्नो संबिधान बनाएको मन नपराउने शक्तिको डिजाइनमा केपी ओली गोटी बने भने केपीको गोटी बिद्या भण्डारी/ संबिधान च्यातियो,लोकतन्त्रमाथि प्रहार भयो र जनभावना कुल्चिने काम भयो/ नगर्ने चुनावको घोषणा/ भनिन्छ,अति भए,खती हुन्छ”
उनले यसअघि प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका थिए । ट्वीटरमा पुनले लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’