
जेष्ठ-७,काठमाडौ ।
✍️बिजय काफ्ले
नेपाली राजनीतिको अंक गणितमा १५३ मा १४९ जोड्दा २७१ कसरी भयो ? यो चर्चाको बिषय बनेको छ ।
गणित नै फेल खानेगरि नेपाली राजनितीमा अचम्मको अंक गणित बहिर आएको छ । अर्थात प्रधानमन्त्री के.पि शर्मा ओलिले आफ्नो समर्थनमा १५३ मत रहेको बताउदै प्रधानमन्त्री पदको दाबी गरेका छन । त्यसैगरी प्रतिपक्ष दलको तर्फ बाट शेर बहादुर देउवा को समर्थन गर्दै १४९ मत रहेको भन्दै राष्ट्रपति कार्यालयमा दुबै पक्षले प्रधानमन्त्रीको लागि दाबी गरेका छन ।
यसरी हेर्दा सांसद संख्या ३०२ देखिन जान्छ । तर नेपालमा जम्मा सांसद संख्या २७५ रहेको सर्बबिदै छ । र २७५ मध्य ४ जना सांसद कार्बाहिमा छन । अर्थात जम्मा २७१ जनाको हस्ताक्षर हुन पर्ने भएता पनि ३०२ जनाको हस्ताक्षर हुनु एक ठूलो राजनीति चलखेल र कृत्य हस्ताक्षर भएको प्रष्ट हुन्छ ।
कृत्य हस्ताक्षर गर्नु कानुन र संविधानको धज्जी उढाएको र एक अपराध पनि हो । तर नेपाली राजनीतिमा यो सामान्य रुपमा लिएको पाइन्छ । जसका करण संविधान र कानुन का रक्षक बाट नै संविधान र कानुनको उल्लंघन गर्दा देशको कानुन नै कमजोर हुन पुगेको देखिन्छ ।
यस अंक गणितय हिसाबले दुबै पक्षीय वा कुनै एक पक्षले कृत्या हस्ताक्षर गरेको प्रमाणित हुन्छ । दुबैको हस्ताक्षर सहित प्रधानमन्त्री ओलि पक्ष र शेरबहादुर देउवा समर्थन गरेको पक्ष राष्ट्पति समक्ष गएको छ । राष्ट्रपतिले यस बिषयमा कानुनी परामर्श गरेर मात्र निर्णय दिने जानकारी गराएकि छिन ।