
जेष्ठ-७,बाँके
✍️बिजय काफ्ले
बाँके जिल्ला कोरोना संक्रमणको हटस्पट भइरहेको छ । कोरोना चेन ब्रेक गर्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको करिब एक महिना भैसकेको छ । पछिल्लो ३ तीन दिन यता कोरोना संक्रमणको दर कम रहेको देखिएता पनि मृत्यु दर भने घटेको देखिदैन ।
चेक जाचको दायरा कम भएर हो या बास्तबमै संक्रमण दर कम भएको हो भन्ने बिषय थाह पाउन यो साताको रिपोर्ट बाट थाह हुन सक्ने छ । कतिपय मानिसहरु कोरोनाको लक्षण देखिएता पनि अस्पतालना बेड छैन ,उपचार राम्रो पाइदैन भन्ने हल्लाले चेक नगराइ सके सम्म घरेलु उपचार गरेको देखिन्छ ।
भने अर्को केही ब्यक्तिहरु कोरोना बिमा गरेको कारण केही रकम बिमाले उपलब्ध गराउने लोभले पनि चेक गराइ रहेका छ । यसरी कोरोना संक्रमण बाट देश तथा बाके बासिन्दा लडिरहेका छन ।
जती नै लकडाउन लगाएता पनि बिशेषगरि बाँके जिल्लामा कोरोना संक्रमण दर घटेको देखिएता पनि मृत्यु दरमा कुनै कमि नआउदा आम सर्बसाधारण जनता त्रसित छन। त्यसैगरी देश कै जनसंख्याको तुलना गर्दा हुने खाने भन्दा हुदा खानेको संख्या अर्थात गरिबीको संख्या बडि रहेको छ ।
बिहान बेलुका अटो ,रिक्सा, मजदुरि ,ज्यालादार आदि गरेर छाक टार्ने परिवार लाइ लकडाउनले झनै पीडा थपेको छ । न त सरकारले त्यस्ता लक्षीत जनताको लागि कुनै कार्यक्रम ल्यायो न त कुनै राहत कार्यक्रम नै ।
निषेधाज्ञा जारि भएको करिब महिनादिन हुदा समेत बाँकेमा निकै खुकुलो भएको भन्दै सामाजिक संजालमा चर्के आलोचना भएको देखिन्छ । यदि समन्धित निकाय,सरकार र प्रशासन सजक र चनाखो नहुने हो भने कोरोनाको मृत्युको संख्या सङ्गै भोकमरिको समेत स्थिति सिर्जना नहोला भन्न सकिँदैन
बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८९ पुगेको छ । जसमध्ये, बाँकेका २६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २२२ पुगेको छ।