
सशस्त्र प्रहरिद्वारा गोलि प्रहार, एकको मृत्यु (किन गोलि चल्यो..? के थियो अवस्था ..? पुर्णपाठ)
जेष्ठ-५,बाँके
✍️बिजय काफ्ले ।
पश्चिम नवलपरासी सुस्ता गाउपालिका वडा नम्बर ५ बनकटि नाकामा सशस्त्र प्रहरिले २ राउन्ड गोलि प्रहार गरेको छ ।
नेपालबाट भरत तर्फ जान खाेज्ने स्थानीयलाई राेकेकाे विषयमा सशस्त्र प्रहरी र स्थानीय युवा बिच विवाद भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । यस बिषयमा बास्तविक जानकारि लिन त्यस बिबाद भएको सशस्त्र प्रहरी बलका कमान्डर सइ शंखर बुढाथोकी सङ बाँके अपडेट मिडियाले फोन सम्पर्क गर्दा उनी बताउछन “दुई युवा मोटर साइकलमा आएका थिय ,हामिले सिमा बन्द भएको र भारत प्रबेश गर्न नमिल्ने भनि सम्झाउदा ,उनिहरुले अरु-अरु लाई जान दिने हामिलाइ नदिने भन्दै रिसाउदै भने ‘गाउँ को सबै केटाहरु ल्याउछम हेर्लास हामि को हौ’ भन्दै बिहान करिब ७ बजे त्यहा बाट निस्किय । केही समयमा करिब ६०-६५ जना गाउका युवाहरु विभिन्न धारिलो हतियार लियर सशस्त्र प्रहरी को हामी बस्ने क्याम सम्म आय । र हामि सबै लाई लाठी देखि विभिन्न हतियार देखाउदै लखट्न थाले । हामिलाइ लखेट्दै भारतको सिमा समेत कटाएको थिय । हामिले माथी जानकारी गारएको थियौ तर दुरि टाढा थियो त्यसैले थप बल छिटो आउने सम्भावना थियन । जम्मा हामी ११ जना थियौ र माथिको कुनै आदेश नआएकोले हामी पिटाइ खाइ रह्यौ । करिब ७:३० बाट सुरु भएको एकोहोरो प्रहार करिब ९ बजे सम्म सहेर बस्यौ । तर मलाई टाउकोमा चोट लागेका ले अचेत भएछु । हाम्रो एक जवानले स्थित नियन्त्रण लिन निकै काठिन भएपछी सबैको ज्यानको सुरक्षाको लागि सुरुमा एक राउन्ड हवाइ फाएर गरेता पनि स्थिति झनै तनाब ग्रस्त भएकोले एक जनाको खुट्टामा गोलि हानेको रहेछन।”
उक्त खुट्टामा गोलि लाग्ने प्रतापपुर गाउपालिका वडा नम्बर ६ का २३ बर्षिय अविनाश राजभर रहेको प्रहरिले जनाएको छ । दाहिने खुट्टामा गाेलि लागेका घाइते राजभरको सहिद स्मृति अस्पताल उपचार हुन नसकेपछि थप उपचारको लागि लुम्बिनी सिटि अस्पताल बुटवल लग्ने क्रममा मृत्युु भएकाे स्रोतले जनाएको छ । सप्रवल तर्फ ११जना घाइते भएको र उनिहरुको उपचार सुस्ता गाउपालिका पकिल्लहवा स्वास्थ्य केन्द्र मा उपचार भईरहेको छ ।