
जेष्ठ-३,बाँके ।
बाँकेमा जारी निषेधाज्ञा जेष्ठ १० गतेसम्म लम्बिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप एक हप्ता जेष्ठ १० गते राती १२ बजे सम्मको लागि लम्बाइएको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
कोरोना भाइरस संक्रमण व्यापक रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि तथा चेन ब्रेक गर्ने भन्दै निषेधाज्ञा जारि गरेको हो । तर जति नै निषेधाज्ञा गरेता पनि कोरोना संक्रमण दर नरोकिदा र निषेधाज्ञाको प्रभावकरितामा प्रश्न उठेको छ ।
सर्बसाधारण जनता निषेधाज्ञाको अवस्था प्रती सामाजिक संजाल मार्फत निकै आक्रोश समेत पोखेका छन । जनता भन्छन “कि निषेधाज्ञा पुर्ण कडाइ गर्नु पर्यो नत्र नामको मात्र निषेधाज्ञा बन्द गरियोस ।”
प्रत्येक चोक चोकमा प्रहरी तैनाथ अवस्थामा रहेको देखिएता पनि कुनै चेक जाँच र कडाइ भएको छैन । प्रहरी श्रोतका अनुसार “खासै कडा नगर्न माथीको आदेश रेहकाले हामी चुप बसेका हौ । कडा आदेश आएमा पुर्ण कडाइ गर्न प्रहरिले सक्छ” ।
निषेधाज्ञाको नाममा गरिब दुखि जनतालाई जीवन यापन र बिहान बेलुका समेत छक टार्न गारो भएको अबस्थामा धेरै जस्तो स्थानीय जनप्रतिनिधि र प्रशासकहरु निषेधाज्ञा थप्दै कानमा तेल हालेर बसेका छन ।