बैशाक-३१,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालको सपथ लिएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथ ग्रहण गराएकी हुन ।

राष्ट्रपतीद्वार सपथ ग्रहण गर्दै गर्दा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन् ।

‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्नुपर्नेमा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द नै उच्चारण गरेनन् । राष्ट्रपति भण्डारीले दोहरिदै ‘प्रतिज्ञा गर्छु’ भनेर ओलीलाई ती शब्द उच्चारण गर्न संकेत गरेपछि ओलीले राष्ट्रपतिलाई नै सिकाउँदै भने, ‘त्यो पर्दैन ।’

राष्ट्रपति भण्डारि उभिएर मुस्कान मात्र दिइन । यसरी हेर्दा प्रधानमन्त्री ओलि राष्ट्रपतिले खुवाएको सपथको नै खिल्ली उडाएका छन । प्रधानमन्त्रीको मनोमानीपन लाई समर्थन गर्ने राष्ट्रपतिको समेत चर्को आलोचना भएको छ ।

प्रधानमन्त्री ओलि जस्तो सुकै अबस्थामा रहेता पनि राष्ट्रपति बिध्यादेबी भण्डारीले आँखा चिम्लेर प्रधानमन्त्रीकै समर्थ मात्र गर्ने गरेकाले जनताहरुको राष्ट्रपति समक्ष गहिरो आक्रोश समेत रहदै आएको कुरा सर्बबिदितै छन । आफू भन्दा उच्च ओदामा रहेकी राष्ट्रपतिले सपथ ग्रहण गराउदा समेत सपथ कै खिल्ली उडाउदा राष्ट्रपति किन मलिन भै केहि बोल्न सकिनन..? भन्ने आम जनताको चासोको बिषय बनेको छ ।

प्रधानमन्त्रीले नै ‘म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु…’ भन्न नसके पछि प्रधानमन्त्री ओलि साच्चै नै जनता प्रती बफादार,सत्य र निष्ठावान नभएको होकि भन्ने आसंका गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित ख