
३० वैशाख,
काठमाडौं : कोरोना संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत रहेका थिए ।
वैशाख १८ गते बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको बिहीबार विहान निधन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले जानकारी दिएका छन् । अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए ।