
बैशाख-२९,बाँँके ।
कोहलपुरमा कोरोना संक्रमित लाई घरमा तथा स्थलगत स्वास्थ्य जाँच तथा परामर्श सुरु गरिएको छ ।
बिश्व नै कोरोनाले ग्रसित रहेको अबस्थामा कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु कुमारी थारुको नेतृत्वमा “सेवा नै धर्म हो र हामी निरन्तर सेवा कै क्रममा” भन्दै चिकित्सक,स्वास्थकर्मीको सकृयतामा कोहलपुरको पिपिरी स्थिति कृषि बिकास बैकको आइसोलेसन कक्षमा रहेका सम्पुर्ण कोरोना संक्रमित र होम आइसोलेसनमा रहेका बिरामीको स्थलगत निगरानी गरेको बताइएको छ ।
कोरोना पोजेटिभ बिरामी लाइ एसएमएस र फोन सम्पर्कको माध्यम बाट घरमै गयर स्वास्थ्य सेवा सम्बन्धि परामर्श दिनु को साथै डा.देबेन्द्र आचार्य बाट अवस्था अनुसारले Chest x-ray, औषधीको उपलब्धता ,follow-up को प्रारम्भ गरेको चार दिन भैसकेको समेत जनाएका छन ।
यसरी घर दैलो स्वास्थ परिक्षण कार्यक्रमको कोहलपुर नगरपालिकाकि उपमेयर सन्जु कुमारी थारुको नेतृत्वमा , डा. देबेन्द्र आचार्य, स्वास्थकर्मीहरु :- सुधन बुढाथोकी ,आसिफ खान, जीवन देबकोटा, सुनिता थारु आदिको उपस्थिती रहेको जानकारी स्वास्थकर्मी सुधन बुढाथोकीले बाँके अपडेट मिडिया लाई जानकारी दिएका छन ।