
२९ वैशाख,
बाँके अपडेट : कोरोना संक्रमित बिरामीका लागि प्रयोग गरिदै आएको रेमडिसिभिर बेच्नु पर्ने मुल्य भन्दा चर्को मूल्यमा बिक्रि गर्ने नेपालगन्जका २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओम रानाले बाँके अपडेटलाई जानकारी दिएका छन्।
एसपीका अनुसार उनीहरुले दुई भायल रेमडिसिभिर रु २५/२५ हजारमा विक्री गरेको आरोपमा उनीहरुलाई आज विहान नेपालगन्जबाट पक्राउ गरिएको थियो । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-८ का २३ वर्षीय मोहम्मद जावेद अनसारी र नेपालगन्ज उपमहानगरपालिका-११ का २५ वर्षीय हारुन अंशु रहेका छन् ।
प्रहरीले उनीहरुमाथि रेमडिसिभिर कसरी लिए ? कहाँबाट लिए ? अहिलेसम्म कति विक्री गरे ? भनेर उनीहरु बिच थप अनुसन्धान भइरहेको एसपी ओम रानाले जानकारी दिएका छन् ।