
२९ वैशाख,
बाँके अपडेट : बाँकेमा विभिन्न जिल्लाका गरी थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार गएराति देखि बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप ११ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।
ओलीका अनुसार बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हाे। यसैगरी, भेरी अस्पतालमा सल्यानका बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा आज बिहान ८: ३० बजे निधन भएको हो । त्यस्तै, भेरी अस्पतालमै बाँकेका ४९ वर्षीय महिलाको मृत्यु भएको छ।
सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६ : ३० बजे मृत्यु भएको हो। बाँकेको मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषकाे मृत्यु भएको छ। उनको पनि भेरी अस्पतालमा आज बिहान ८ : ३० बजे मृत्यु भएको वलीले जानकारी दिएका हुन् ।
उनका अनुसार कैलालीका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। अर्का बाँके कोहलपुरका ३० वर्षीय महिलाको पनि मृत्यु भएको छ। त्यस्तै,बाँकेकै ४५ वर्षीय महिनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो । बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषकाे पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा निधन भएकाे छ ।