२८ वैशाख,

जनकपुरधाम : महोत्तरीमा एक प्रहरी जवान झुण्डिएको अवस्था मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार सम्सी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २५ वर्षीय जितेन्द्र साह मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार शव प्रहरी चौकी सम्सीबाट करिब ७०० मिटर उत्तर–पश्चिम खाली चौरमा रहेको आँपको रूखमा पासो लागेको अवस्थामा मंगलबार बिहान फेला परेको थियो। उनी ड्युटी सकेर राति सुतेका थिए। शव प्रकृति हेर्दा उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको एसपी दिनेश आचार्यले बताएका छन् ।

पर्साको बहुदरमाई नगरपालिका–१ घर भई ढल्केबरस्थित प्रहरी गणमा दरबन्दी भई सात महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत साहको जेठ ७ गते विवाहको मिति तय भएको थियो। विवाहका लागि बिदा लिएर घर जाने तयारीमा रहे पनि मंगलबार बिहानै उनको शव झुन्डिएको अवस्थामा फेला परेको छ।

मृतक प्रहरी जवान साहको परिवारलाई खबर गरिसकिएको र परिवारका सदस्यहरू आएपछि थप प्रक्रिया पूरा गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख