२८ वैशाख,

बाँके अपडेट : बाँकेका विभिन्न अस्पतालमा उपचाररत १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेदेखि मंगलबार बिहान ४ बजेसम्म यी सबै संक्रमितको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।

ओलीका अनुसार मृतक मध्ये ५ जना बाँके, ६ जना बर्दिया र १ जना रुकुम पूर्वका रहेका उनले बताएका छन्।

नेपालगन्ज भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–१० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, खजुरा गाउँपालिका–३ का ५२ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे, र जानकी गाउँपालिका–४ की ४५ वर्षीया महिलाको मंगलबार बिहान ४ बजे नै मृत्यु भएको छ ।

यस्तैगरि, कोहलपुर– ८ का ६२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सोमबार राति ७ः१५ मा र खजुरा– २ का ८८ वर्षीय पुरुषको होम आइसोलेसनमै सोमबार राति ११ः१० बजे मृत्यु भएको ओलीले जानकारी दिए । यस्तैगरि, भेरी अस्पतालमा वैशाख २६ गतेबाट उपचाररत सिस्ने गाउँपालिका–३ रुकुम पूर्वका ५३ वर्षीय पुरुषको सोमबार राति ८ बजे मृत्यु भएको हो।

यस्तैगरि, भेरी अस्पतालमा उपचाररत बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे, गुलरिया नगरपालिका–६ का २१ वर्षीय पुरुषको पनि साँझ ६ बजे, बारबर्दिया– ६ की ६३ वर्षीया महिलाको सोमबार राति १० बजे, बढैयाताल– ३ बर्दिया की ७८ वर्षीया महिलाको मंगलबार बिहान ५ः३० बजे, बाँसगढी नगरपालिका– ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राति १० बजे तथा बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको मंगलबार बिहान ४ बजे मृत्यु भएको ओलीले बताएका छन् ।

यो सँगै बाँके जिल्लामा मात्रै १९६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख