२७ वैशाख,

बाँके अपडेट : बाँकेमा आज राति १२ बजे मध्यरात देखि जेठ ३ गते राति १२ बजेसम्मका लागि थप निषेधाज्ञा जारी गरिएको छ।

विश्वभरिमा नै कोरोना भाईरस कोभिट-१९ को संक्रमण माहामारीको रुपमा भयावह फैलीरहेको छ। यस माहामारीबाट मुक्त हुनको लागि अन्य देश र प्रदेश जिल्लाहरुमा निषेधाज्ञा जारि गरिएको छ। सोहि क्रममा बाँकेमा जिल्लामा पनि जारी गरिएको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरिएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागू हुने गरि निषेधाज्ञा गरिएको थियो। तर, कोरोना संक्रमितको दर निकै बढेको र जोखिम हुदै दिन प्रतिदिंन नयाँ रेकर्ड कायम हुँदै गए पछि जिल्ला प्रशासन कार्यालय बाँकेको बैशाख १३ गते बसेको बैठकले बैशाख २० गते सम्म बाँके जिल्ला व्यापी रुपमा निषेधाज्ञा जारी गरेको थियो ।

कोरोना संक्रमणको दर कम भन्दा पनि भयावह तीब्र रुपमा बढदै गए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार बसेको बैठकको निर्णय अनुसार वैशाख २७ गते सम्म गरिएको निषेधाज्ञा जारी संक्रमण उच्छ र झनै जोखिम नै रहेको हुँदा पुनः जेठ ३ गते सम्मका लागि निषेधाज्ञा जारी थप गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले सुचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय द्वारा जारी गरिएको सुचना अनुसार आज राति १२ बजे मध्यरात देखि जेठ ३ गते राति १२ बजेसम्मका लागि लागु हुने गरि थप निषेधाज्ञा जारि गरिएको छ।

यस अवधिमा के चल्ने के नचल्ने ?
एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने प्रशासनले निर्णय गरेको छ। भने यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवाहरु जस्ता सबै चालु रहने निर्णय भएको छ।

बाँकी सबै जानकारी यो विज्ञप्तिमा हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित ख