
बैशाख-२५,बाँके
✍️बिजय काफ्ले
एकै ब्यक्तिको बिहान नेगेटिभ र बेलुका पोजेटिभ कोरोना रिपोर्ट दिने बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर प्राली गणेशमान चोक ,नेपालगन्जमा रिपोर्टिङ गर्ने क्रममा प्रहरीले हस्ताक्षप गरेको छ ।
एक सुदिन सिङ नाम गरेका बिरामी एक मिडिया कर्मीको सहायता माग्दै आफू लाई बागेश्वरी डाइग्नोष्टिक ल्याबले झुक्याएको र आफ्नो स्वास्थ नै माथी खेलबाड गरेको भन्दै गुनासो पोख्छन । सुधिन सिङ का अनुसार “उक्त बागेश्वरी डाइग्नोष्टिक ल्याबले बिना परिक्षण लक्षणको आधारमा रिपोर्ट दिने गर्छ भन्ने हल्ल सुनेको थिए, त्यसैले मैले पनि झुट बोलेर,मलाइ कुनै कोरोनाको लक्षण छैन आफ्नो मन शान्तिको लागि मात्र चेक गर्न खोजेको भनेर उक्त बागेश्वरी डाइग्नोष्टिकमा चेक गर्ने क्रममा सिङले भन्छन र त्यहा चेक गराउदा बित्तिकै त्यहाको बिश्वास नलागेकै कारण तुरुन्तै भेरी अञ्चल अस्पताल मा पिसिआर चेक गराउछन । एक घण्टाको फरकमा चेक गराएको बागेश्वरी डाइग्नोष्टिक ले कुनै चेक जाँच नगरी कुनै लक्षण छैन भनेकै भरमा ‘नेगेटिभ ‘ रिपोर्ट आउछन भने भेरी अस्पतालको ल्याब बाट ‘पोजेटिभ’ रिपोर्ट आउँछ ।
यसरी घटनाक्रम सुरु हुन्छ र उक्त पिडित सिङले बागेश्वरी डाइग्नोष्टिकमा गइ सबैलाई थर्काएको बताउछन । त्यहा गयर थर्काए पछि त्यहाका कर्मचारी र संचालक ले बाहिर केहि कुरा नगर्नु फेरि हामी चेक गर्दिने छौ भन्छन र फेरि साझा सोहि ल्याबले गाली गरेको भरमा पोजेटिभ रिपोर्ट आउँछ ।
यसरि लक्षण छैन भन्दा बिहान नेगेटिभ रिपोर्ट दिने र अर्को ल्याबमा पोजेटिभ रिपोर्ट आएको छ यहा मेरो कसरी नेगेटिभ आयो …? भनेर गाली गर्दा पोजेटिभ को रिपोर्ट दिन्छ बागेश्वरी डाइग्नोष्टिकल ल्याब । यहि बिषयमा रिपोर्टिङ गर्न उक्त अस्पतालमा हाम्रो टिम पुग्छ ।
बाँके अपडेट मिडिया टिम र अन्य संचारकर्मीहरु संयुक्त रिपोर्टिङ गर्दा रुपमा उक्त एकै ब्यक्तिको बिहान नेगेटिभ र बेलुका पोजेटिभ कोरोना रिपोर्ट दिने बागेश्वरी डाइग्नोष्टिक ल्याबमा रिपोर्टिङ गर्दा मिडियाले होहल्ला गरेको भन्दै S.Giri(सावित्री गिरि) नाम गरेको बर्दी लगाउने महिना असइ सहित १ सशस्त्र प्रहरी जावान र नेपाल प्रहरी जवान आएर हामिले गरेको रिपोर्टिङमा ठाडो चुनौती दिदै उक्त प्रहरी असइ भन्छिन “के को हो हल्ल हो? के बबाल मच्चाएको ? दादागिरि गर्ने ” भन्दै सम्पुर्ण मिडिया टिमलाई नै थर्काउदै रिपोर्टिङ नगर्न आग्रह गर्छिन ।
हामि उक्त बागेश्वरी डाइग्नोष्टिक ल्याबका आफुलाइ संचालक बताउने बिमल बुढाथोकी सङ उक्त ल्याब देखि बाहिर बसेर फोन सम्बाद गर्दै थियौ सोही क्रममा फोन सम्बाद नै रोक्न लगाइ प्रहरीले मिडिमा माथी ठाडो हस्तक्षप गरेको हो ।
यसरी बिरामीको गुनासोको आधारमा नै रिपोर्टिङ गर्न जाने क्रममा प्रहरि ठाडो हस्ताक्षप गर्नुमा प्रहरीको नै मिलेमतो को आसंका गर्न सकिन्छ । यस अघि यस बिषयमा अन्य विभिन्न संचार माध्यममा प्रमाण सहित समाचार प्रसारण भैसक्दा समेत खुलेआम मानब स्वास्थ्य माथी खेलबाड गर्ने बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर प्राली गणेशमान चोक ,नेपालगन्ज माथी कुनै अनुसन्धान गरिएको न त कुनै कार्बाही नै ।
यस बिषयमा समन्धित निकाएको ध्यान जान जरुरी छ । र बाके जिल्लाका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल लाई प्रश्न गर्दा मैले कुनै समाचार देखेको छैन , यदि तपाईंहरु प्रमाण सहित समाचार सम्प्रेषण गर्नुहोस हामि तुरुन्त कार्बाही गर्छौ” भन्दै आश्वासन दिएका छन ।