२३ वैशाख,

काठमाडौं : पछिल्लो ३ दिनदेखि हवाई मार्गमा विदेश जाने र स्वदेश फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आज (बिहीबार) राति १२ बजे देखि सबै अन्तरराष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुको चाप निकै बढेको छ ।

पछिल्ला दुई दिनमा यात्रुहरूको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ। नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने बैशाख १३ गतेको मन्त्रीपरिषद् बैठकको निर्णयपछि यात्रुहरूको आवागमनमा कमि आएपनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो।

सरकारले अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपनि नेपालस्थित विदेशी दूतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० दिन होटल क्वारेन्टीन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरूको चाप बढेको बताइएको छ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको पाईन्छ । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तराष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशत सम्म वृद्धि भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख