२३ वैशाख,

बाँके अपडेट : बाँकेमा एकैदिन ५०८ जनाले कोरोना जितेका छन्। आज बिहीबार मात्रै ५०८ जना कोरोनामुक्त भएका हुन्। कोरोना संक्रमित भई विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत २४१ महिला र २६७ पुरुष गरी जम्मा ५०८ जनाले कोरोना परास्त गरी डिस्चार्ज भएका बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।

ओलीका अनुसार बाँकेमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार १ सय १२ पुगेको उनले बताएका छन्। समयमै स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्यबारे बढी ध्यान दिने हो भने भाइरस संक्रमणलाई पराजित गर्न सकिने चिकित्सकहरु बताउँछन्।

भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले ज्वरो आउने, टाउको दुख्नेलगायतका समस्या भए तत्काल पिसिआर परीक्षण गरेर रोगअनुसारको उपचार पाएकाहरुले भाइरसलाई पराजित गरेको बताए।

डा. थापाले संक्रमित पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले पनि अक्सोमिटरले अक्सिजन लेभल जाँच गर्ने, खानपिनमा केयर गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीको सुझावलाई फ्लो गर्नेहरुले भाइरसलाई जित्दै आएको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख