२३ वैशाख,

बाँके अपडेट : बाँकेका पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडी संक्रमण भई भेरी अस्पताल नेपालगञ्जमा उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले बाँके अपडेटलाई जानकारी दिएका हुन् ।

डा. प्रकाशका अनुसार उच्च रक्तचाप र मधुमेहबाट पीडित उनी कोरोना सङ्क्रमित भएपछि होम आइसोलेशनमा रहेका बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर उनको निधन भएको हो।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख