
काठमाडौं । उपत्यका र अन्य केहि जिल्लाहरुमा निषेधाज्ञा उल्लंघन गर्नेलाई एक सय रुपैया जरिवाना गर्न थालिएको छ। काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता शुसील सिंह राठोरले बिहिबारबाट जरिवाना गराउन थालिएको जानकारी दिए।
‘सरकारले निषेधाज्ञा जारी गर्दा पनि बिनाकाम बाहिर हिँड्डुल गरिरहेको पाइयो,’उनले भने,‘त्यसैले उनीहरुकै स्वास्थ्य सुरक्षाको लागि सय रुपैया जरिवाना गराएका हौ,कति जनालाई कारबाही भयो भन्ने अहिले नै तथ्यांक भने आएको छैन।’
सरकारले पछिल्लो समय नया भेरियन्टसहितको कोरोना भाइरस तिब्र रुपमा फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञामा अत्यवश्यक बाहेक सबै सेवामा रोक लगाएको छ ।
नोट : उपत्यका र अन्य केहि जिल्लाहरुमा मात्रै नभएर निषेधाज्ञा गरिएको सबै जिल्लाहरुमा यो नियम हुनु पर्ने एकदमै जरुरि रहेको हुदा जिल्ला बाँके प्रशासन कार्यालयलाई बाँके अपडेटबाट अनुरोध गर्दछु।