२३ वैशाख,

बाँके अपडेट : कोरोना संक्रमणबाट बुधबार रातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जना संक्रमितको ज्यान गएको छ। पछिल्लो तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४/४ जना, पाल्पा, बागलुङ र पर्सामा २/२ जनाको मृत्यु भएकाे सम्बन्धित जिल्लाका स्रोत व्यक्तिलेहरुले बाँके अपडेटलाई टेलिफोन मार्फत जानकारी दिएका छन्।

बाँकेमा एकै रातमा १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पताल बाँकेमा ७८, ५८ वर्षीय पुरुष, २७ वर्षीय पुरुष, ४३ महिला, ५५ वर्षीय पुरुष, ७८ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष, ५६ वर्षीय पुरुष,४५ वर्षीय पुरुषको मृत्यु भएको हो। यस्तैगरि ३४ वर्षीय संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके अपडेटलाई जानकारी दिएका हुन् ।

त्यसैगरी, कैलालीमा थप ४ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् । धनगढी गोदावरीकी ७८ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा टीकापुरका ६७ वर्षीय पुरुष र ८२ वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यलय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका हुन्। उनीहरुको उपचारका क्रममा गए रातिदेखि आज बिहानसम्म जिल्लास्थित विभिन्न अस्पतालमा मृत्यु भएको समेत जोशीले बताएका छन्।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष रहेको अस्पतालका ब्यबस्थापन द्रोण ओलीले जानकारी दिए हुन् । चारै जनाको अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको उनले बताएका छन्।

त्यसैगरी, धौलागिरी अस्पताल बागलुङमा उपचारत २ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। १ जना संक्रमित र १ जना शंकास्पद संक्रमितको मृत्यु भएको हो।

बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ। वैशाख २० गते स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिमा मधुमेह, उच्च रक्तचाप लगायत समस्या रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देव प्रकाश घिमिरे बाँके अपडेटलाई जानकरी दिएका छन् ।

स्वास प्रस्वासमा समस्या आएर बुधबार अस्पताल भर्ना भएको म्याग्दीको बेनी नगरपालिका–१ का ३३ वर्षीया पुरुषको बुधबार राति नै मृत्यु भएको छ। सघन उपचार कक्षमा उनको उपचार भैरहेको थियो।

यस्तैगरि, कोरोना भाइरसको संक्रमणबाट नै पाल्पामा थप दुई जनाको मृत्यु भएको छ। तानसेनका एक पुरुष र माथागढीमा एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकरी दिएको छ ।

तानसेन नगरपालिका–३, भगवती टोलका ८१ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो। माथागढी गाउँपालिका–३, कसेनीकी २५ वर्षीया महिलाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको माथागढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले बताए।

यस्तैगरि, वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका २ संक्रमितको मृत्यु भएको छ। मृतक मध्ये १ जना वीरगन्ज महानगरपालिका ४ बिर्ताका र अर्को गौर २ रौतहटका पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बाँके अपडेटलाई टेलिफोन मार्फत जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख