
२२ वैशाख,
बाँके अपडेट : बाँके जिल्लामा कोरोना संक्रमित संग- सँगै निको भएर घर फर्किनेको संख्या पनि ह्वात्तै बढेको छ।
बुधवार आज मात्रै ७६ बर्षिय बुवा सहित १२३ जना महिला र १७० पुरुष गरि जम्मा २९३ जनाले कोरोनालाई परास्त गरि निको भई डिस्चार्ज भएको बाकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।
ओलीका अनुसार कोरोना भाईरस कोभिड निको भएर भेरी अस्पतालबाट घर फर्कदै स्थानीयहरु खुसीको सिमा नरहेको र कोभिटबाट निको भएर घर फर्किनेहरुलाई स्वास्थ्य मापदण्डको पालना गरौं – कोरोनाबाट बच्न सकिन्छ । नआतिऔं-कोरोना निको हुन्छ । भन्दै सबैलाई आ- आफ्नो घर पठाएको उनले बताए छन्।
उनका अनुसार कोरोना संक्रमणबाट लड्दै आईरहेका व्यक्तिहरुको निको हुनेको संख्या निकै बढेर गएको बताएका छन् ।