२२ वैशाख,

बाँके अपडेट : कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै यति बेला काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारि गरिएको छ ।

निषेधाज्ञाले गर्दा ठूलो मारमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा निमुखावर्ग परेको छ। यसअघि नेपालमा पहिलो पटक लकडाउन लगाउँदा पनि उनीहरु नै सबैभन्दा बढी प्रभावित बनेका थिए । आम्दानीको स्रोत नै गुमेपछि उनीहरुलाई दुई छाकको जोहो गर्नु नै धौधौ परेको थियो । अहिले ठिक त्यही अवस्था दोहोरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोही पनि जनता भोकभोकै मर्न नदिन सरकार संवेदनशील रहेको पटक–पटक दोहोर्‍याउँदै आए पनि यसरी रोजिरोटी नै गुमेकाहरूका लागि सरकारले अहिलेसम्म पनि केही गरेको पाइँदैन । प्रधानमन्त्रीको दाबी पछिल्लोपटक जस्तै यो पटक पनि गफमै सिमित बनेको छ । बरु, मनकारी संघसंस्थाहरूले बिहान बेलुका उनीहरुको खानाको व्यवस्था गरिरहेका छन् ।

यतिबेला १०० ग्रुपले टंकेश्वर क्षेत्रमा हरेक दिन मजदूरहरुका लागि खाना बाँड्ने गरेको छ ।

हेर्नुहोस् तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख