२२ वैशाख,

बाँके अपडेट : मंगलबार राति र बुधबार बिहान गरी कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। कैलाली र रुपन्देहीमा ४-४ चितवनमा ३ सल्यान, मोरङ, मकवानपुर र बाँकेमा २-२, पर्सा, झापा, बैतडी, गुल्मी र डोटीमा एक-एक जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोत व्यक्तिहरुले बाँके अपडेटलाई टेलिफोन मार्फत सूचना जानकारी गरेका छन्।

त्यस्तैगरि, गण्डकी प्रदेशको पर्वत र स्याङ्जाका १-१ जना कोरोना संक्रमितको पनि मंगलबार बेलुका मृत्यु भएको छ। पर्वतका पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो भने स्याङ्जाका संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले बाँके अपडेटलाई टेलिफोन मार्फत जनाकारी दिएका हुन्।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, बञ्चन गाउँपालिका–४ का २७ वर्षीया महिला, बुटवल–९ का ५४ वर्षीया महिला र बुटवल–९ का ५४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन्।

कैलालीमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार रातिदेखि बुधबार बिहानसम्म गरी मृत्यु हुनेमा कैलालीका ५८, ५३ र ७२ वर्षका पुरुष र कन्चनपुरका ३५ वर्षका पुरुष रहेका जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी शिवराज जोशीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।

चितवनमा ३ जनाको मृत्यु भएको छ। भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुष र रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ।

यसैगरी, अर्घाखाँचीको भूमिकास्थान–१ का ४२ वर्षीय पुरुषको मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ। विराटनगरको नोबेल शिक्षण अस्पतालमा संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा ५४ र ६७ वर्षीय पुरुष छन् । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ र विराटनगर महानगरपालिका–१२ का ६७ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बिहान मृत्यु भएको हो।

मकवानपुरमा २ जनाको मृत्यु भएको छ। बिहान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको कोभिड वार्डमा उपचाररत मकवानपुरगढी –५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हो। यस्तैगरि, कोरोना परीक्षणका लागि स्वाब दिएर घरमै बसिरहेका मनहरी गाउँपालिका–१ का ६० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बाँके अपडेटलाई टेलिफोन मार्फत जानकारी दिएका छन्।

सल्यानमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा बागचौर नगरपालिका वडा न २ चिल्ढाले निवासी ५२ वर्षीया महिला, र शारदा नगरपालिका १ श्रीनगरका ७४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको बताएका छन्।

बाँकेस्थित भेरी अस्पतालमा ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले बाँके अपडेटलाई जनाकारी दिएका हुन्। नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बाँकेकै २७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यस्तैगरि, पर्सामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा स्थानीय ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ। बैतडीमा कोरोनाबाट एक शिक्षकको मृत्यु भएको छ। पाटन नगरपालिका–१ का ४२ वर्षीय उनको उपचारका क्रममा मगएराति मृत्यु भएको हो।

त्यस्तैगरि, झापामा होम क्वारेन्टाइनमा रहेकी। मेचीनगर–६ बर्मेली बस्तीमा बस्दै आएकी ५६ वर्षीया महिलाको मृत्यु भएको छ। गुल्मीमा सत्यवती गाउँपालिका–७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्सन गोपाल कार्कीले जानकारी दिएका हुन्।

यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको छ।

त्यस्तैगरि, मंगलबार बेलुका मृत्यु हुनेमा स्याङ्जा जिल्ला गल्याङ नगरपालिका-११ का ५० वर्षीय कोरोना संक्रमित पुरुष छन्। उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा मृत्यु भएको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. शर्माले बाँके अपडेटलाई जनाकारी दिएका हुन् ।

उनलाई १८ गते कोरोना पुष्टि भएको थियो। उनलाई निमोनिया देखिएको थियो।

यस्तै, पर्वत जिल्ला जलजला गाउँपालिका-७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बेलुका नै मृत्यु भएको हो। २१ गते कोरोना पुष्टि भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको समेत बाँके अपडेटलाई जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख